कुनै यस्ता दिनहरु थिए जब अग्ला महलहरुबाट
श्रमजीबी किसानलाइ हेर्दै मान्छेहरु भन्थे;
"हेर त कति कस्टकर छ है उसको जीवन"
तर एकदिन आकाश अँध्यारो
भयो जमीन हल्लियो,
हेर्दा हेर्दै १ मिनेटमा यो शहर को
जनजीबनमा ठुलो फेरबदल भयो,
तर पनि महलहरु तेही छन्,
यो किसान येही खेतमा श्रम गरिरहेका छन् !
फरक येत्ति छ कि
कहिलेकाही महलहरुतिर हेर्दै किसान सोच्दछन्
"कति कस्टकर
छ है उनीहरुको जीवन
1:27 AM
No comments
Subscribe to:
Post Comments (Atom)








0 comments:
Post a Comment