तँ ठूलो भएर के गर्ने

शेरेको छोरो सानै हुँदाको कुरो हो‚ उसलाई शिक्षकले सोधेछनः 

शिक्षकः तँ ठूलो भएर के गर्ने ? 
शेरेको छोरो: विहे । 

शिक्षकः हैन‚ मैले भन्न खोज्या‚ के हुन्छस् ? 
शेरेको छोरो: दुलाहा । 

शिक्षकः कस्तो कुरा नवुझेको‚ ठूलो भएर के हासिल गर्छस् भनेको ? 
शेरेको छोरो: दुलही । 

शिक्षकः उफ्‚ तँ ठूलो भएपछि आफ्ना बाउको लागि के गर्छस् भन्या ? 
शेरेको छोरो: बुहारी ल्याउँछु । 

शिक्षकः गधा‚ तेरा बाउ तँ संग के चाहन्छन् ? 
शेरेको छोरो: नाति नातिना । 

शिक्षकः हे भगवान‚ तेरो जीवनको उद्देश्य कै हो भनेको ? 
शेरेको छोरो: सन्तानले डाँडा काँडा ढाक्ने

0 comments:

Post a Comment